तीन दिनदेखि बेपत्ता बालिका कालिमाटीमा फेला


काठमाडौं – शुक्रबारदेखि सम्पर्कविहिन भएकी बालिका समृद्धि मानन्धर फेला परेकी छन् । उनी कालीमाटी क्षेत्रमा फेला परेको प्रहरीले पुष्टि गरेको छ ।  काठमाडौ‌ं जिल्ला प्रहरी परिसरको विशेष टोली र महानगरीय प्रहरी वृत्त, कालीमाटीले घटनाको अनुसन्धान गरिररहेका थिए ।

महानगरीय प्रहरी वृत्त, कालीमाटीका निमित्त प्रमुख इन्स्पेक्टर वसन्त आचार्यले बालिका कालीमाटी क्षेत्रमा फेला परेको बताए ।

काठमाडौं कालीमाटी–१३ की ११ वर्षीया बालिका समृद्धि तीन दिनदेखि बेपत्ता थिइन्। उनी गत शुक्रबारदेखि हराएकी थिइन्। परिवारले उनको खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए ।

गत शुक्रबार साँझ ५ः२५ बजे आमा कृष्णाकुमारी सिंहको मोबाइल बोकेर उनी घरबाट बाहिर निस्केकी थिइन्।

 

प्रतिक्रिया