

राप्रपा अध्यक्ष लिङ्देन पनि बालकोटमा

भक्तपुर – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन पनि बालकोट पुगेका छन्।
उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा राजनीतिक छलफलका लागि पुगेका हुन्।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले अध्यक्ष लिङ्देन बालकोट गएको जनाए । लिङ्देन झापाबाट आएलगत्तै बालकोट गएका हुन्। प्रतिनिधि सभामा राप्रपाका १४ जना सांसद छन्।
माओवादी महासचिव देव गुरूङ पनि बालकोटमा छन्। बालुवाटारमा आज भएको सत्ता गठबन्धनको बैठक बिनानिश्कर्ष सकिएपछि अध्यक्ष प्रचण्ड बालुवाटारबाट निस्केर बालकोट नै जाँदै गरेका छन् ।
राष्ट्रपतिले प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न दिएको एक साताको समय आज अपरान्ह ५ बजे सकिँदैछ। त्यसअघि नै छलफल गरी नयाँ सरकार गठन गर्ने विषयमा दलहरूले छलफल गरिरहेका छन्।
एमाले, माओवादी र राप्रपाको संयुक्त सरकार गठनका लागि पनि बहुमत पुग्दैन । यी तिनै दलको संख्या जोड्दा १२४ संख्या पुग्छ ।

