गठबन्धनको छलफलपछि कांग्रेस नेता कार्की भन्छन्, ‘गठबन्धन जोगाउन आवश्यक छ, केहीबेरमा फेरि छलफल हुन्छ’


काठमाडौं – नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धन जोगाउनु अहिलेको आवश्यकता भएको बताएका छन् ।

कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरुको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कार्कीले भने, ‘गठबन्धन जोगाउनु अहिलेको आवश्यकता हो । प्रधानमन्त्रीले प्रधानमन्त्रीले निरन्तर छलफल गरेर एउटा निष्कर्षमा पुर्‍याउनुहुन्छ ।’

अहिले केही बेरका लागि छलफल स्थगित भएको जनाउँदै कार्कीले केहीबेरमा पुनः छलफल हुने बताएका छन् ।

प्रचण्डलाई प्रधानमन्त्री छाड्न तयार हो भन्ने प्रश्नमा उनले ठोस जवाफ दिएनन् ।

उनले अघि भने, ‘सबै कुरा अन्तिम घडीमा हुन्छ ।’

प्रतिक्रिया