जन्मभूमी फ्रान्स पुगे शोभराज !


पेरिस – नेपालमा १९ वर्षे जेलजीवनपछि फ्रान्स डिपोर्ट गरिएका विकिनी किलरका रुपमा परिचित फ्रान्सेली नागरिक चाल्र्स शोभराज फ्रान्स पुगेका छन ।

शोभराजलाई सर्वोच्च अदालतले जेलमुक्त गर्ने आदेश दिएसँगै शुक्रबार साँझ कतार एयरवेजको उडानबाट फ्रान्स पठाइएको थियो । उनीमाथि फ्रान्समा कुनै पनि अभियोग नरहेको जनाइएको छ ।

त्यसैले उनी स्वतन्त्र जीवनयापन गर्न सक्ने फ्रान्सेली समाचार संस्थाहरुले जनाएका छन् । तर, उनलाई फ्रान्सेली प्रहरीको अप्रत्यक्ष निगरानी भने रहने जनाइएको छ ।

उनी पेरिस पुगेको फ्रान्सेली सञ्चारमाध्यम Le Parisien ले जनाएको छ ।

 

प्रतिक्रिया