पूर्वराजा ज्ञानेन्द्रद्वारा जानकी मन्दिरमा पूजापाठ

हिजो साँझ गंगा आरतीमा सहभागी पूर्वराजा ज्ञानेन्द्र भोली क्रिसमस मनाउन चितवन जाँदै


धनुषा — पूर्वराजा ज्ञानेन्द्र शाहले आज जनकपुरस्थित जानकी मन्दिरमा पूजापाठ तथा दर्शन गरेका छन् ।

शुक्रबार झापाबाट रहेको जनकपुरधाम आएका पूर्वराज ज्ञानेन्द्र साँझ गंगा आरतीमा सहभागी भएका थिए ।

उनले आज जानकी मन्दिर पुगेर दर्शन तथा पूजापाठ गरे ।

पूर्वराजा ज्ञानेन्द्र जानकी मन्दिर पुगेपछि समर्थकहरुले ‘राजा आउ, देश बचाउ’ नारा लगाएका छन् । मन्दिरमा उनलाई महन्थ, साधुसन्त र हजारौं समर्थकले स्वागत गरेका हुन् ।

जानकी मन्दिरले पूर्वराजा ज्ञानेन्द्रको स्वागतका लागि रेट कार्पेट  विच्छाइएको थियो । परिवारसहित आएका उनले हिजो राति जिरोमाइलस्थित सिताशरण होटलमा बिताए । आज बृहत्तर जनकपुर परिसरमा खुलेको सुविधासम्पन्न होटल सोल्टीमा बस्ने बुझिएको छ । उनी भोली क्रिसमस मनाउन चितवन जाने कार्यक्रम रहेको जनाइएको छ ।

प्रतिक्रिया