नेपाल टी–ट्वान्टी लिग आजबाट सुरु, उद्घाटन खेलमा काठमाडौं र पोखरा भिड्दै


काठमाडौं — पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगिताको आजबाट सुरू हुँदैछ ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा पहिलो पटक हुन लागेको लिगमा पहिलो दिन दुई खेल हुँदैछ ।

उद्घाटन खेलमा काठमाडौ नाईट्सले पोखरा एभेन्जर्सको विरुद्ध खेल्नेछ । खेल बिहान ९ः१५ बाट सुरु हुनेछ ।

आज नै हुने दोस्रो खेलमा लुम्बिनी अल स्टार र फार वेस्ट युनाईटेडबीच खेल हुदैछ । खेल दिउसो १ः१५ बाट सुरु हुनेछ ।

दुवै खेल कीर्तिपुरस्थित टियु मैदानमा हुनेछ । यस प्रतियोगिताको फाईनल खेल २७ गते हुनेछ ।

प्रतियोगिताको हरेक दिन दुई खेल हुनेछ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहने छ ।

यस लिगमा काठमाडौं नाइट, पोखरा एभेन्जर्स,फार वेस्टर्न युनाईटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।

प्रतिक्रिया