कहिल्यै नेपाल आउनै नपाउने गरी आजै फ्रान्स जाँदै शोभराज…


काठमाडौं – सरकारले चर्चित एवं विकिनी किलरका रुपमा परिचित चार्ल्स गुरुमुख शोभराजलाई आजै डिपोर्ट गर्ने भएको छ ।

शोभराजलाई आज (शुक्रबार) मध्यान्हमा केन्द्रीय कारागारबाट थुनामुक्त भएपछि अध्यागमन विभाग पुर्‍याइपछि आवश्यक प्रकृया पूरा गरी आजै उनको गृहदेश फ्रान्स डिपोर्ट गर्न लागिएको हो ।

साढे ६ बजे कतार एयरलाइन्सको विमानमार्फत उनलाई फ्रान्स डिपोर्ट गर्न लागिएको हो। त्यसअघि शोभराजलाई प्रक्रियाका लागि डिल्लीबजारस्थित सदरखोरमा राखिने भनिए पनि उनको डिपोर्टको प्रक्रिया सकिएकोले आजै डिपोर्ट गर्न लागिएको हो ।

सिमल ट्राभन्सबाट उनको टिकट काटिएको छ । उनी दोहा हुँदै पेरिस जानेछन् ।

शोभराजले भने केही दिन नेपालमा नै बस्न चाहे पनि अध्यागमनले आजै पठाउने भएको हो । अध्यागमनले उनलाई कहिल्यै नेपाल आउन नपाउने गरी डिपोर्ट गर्न लागेको हो। शोभराज सर्वोच्चको आदेशसँगै तोकिएको सजायअवधिभन्दा ९ महिना अघि जेलमुक्त भएका हुन् ।

प्रतिक्रिया