शीतलहरबाट बच्न चीनले छुट्यायो एक खर्बभन्दा बढी बजेट


बेइजिङ – शीतलहरलाई सामना गर्नका लागि चीनले एक खर्ब रुपैयाँभन्दा बजेट छुट्याएको छ। चीनको अर्थ मन्त्रालय र आपतकालीन व्यवस्थापन मन्त्रालयले प्राकृतिक प्रकोप राहत कोषमा ५.५८ बिलियन यूयान (एक खर्ब तीन अर्ब ८३ करोड नेपाली रुपैयाँ) व्यवस्थापन गरेका छन्।

केन्द्रीय प्राकृतिक प्रकोप राहत कोषमा रकम व्यवस्थापन गरिएको र यसले जनतालाई सुरक्षित र न्यानोमा राख् मद्दत पुग्ने मन्त्रालयले बिहीबार विज्ञप्तिमार्फत जनाएको छ। उक्त रकम स्थानीय सरकारले यससम्बन्धी कार्य सञ्चालन गर्न, जनतालाई तत्काल राहत वितरण गर्न, अनुमगन तथा निरीक्षण लगायतका कार्यमा खर्च हुने छ।

नोभेम्बर सुरु भएसँगै चीनमा चारवटा चिसोका लहर देखिएका थिए। जसमा धेरै चिसो, हिमपात, ठूलो वर्षा र हुरी बतास चलेका छन्। नोभेम्बरदेखि डिसेम्बर १२ सम्म चिसोका कारण ३५ हजार चिनियाँ नागरिक प्रभावित भए। यसमा ३७५ मिलियन चिनियाँ यूयान बराबरको आर्थिक क्षति भयो।

प्रतिक्रिया