प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच बालुवाटारमा भेटवार्ता


काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल बालुवाटार पुगेका छन्।

बिहीबार साँझ सत्ता समीकरणको विषयमा छलफल गर्न गठबन्धनका तीन नेताबीच छलफल भइरहेको स्रोतले जनाएको छ। छलफलमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्णप्रसाद सिटौला र सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र कार्की सहभागी छन्।

राष्ट्रपति विद्या देवी भण्डारीले सरकार गठनका लागि पुस १० गतेसम्मको समय तोकेको छ। तीन दिन बाँकी रहँदा गठबन्धनका नेताहरू सरकार गठनका लागि सम्बाद सुरु गरेका हुन्।

यसअघि नेपाल अस्वस्थ भएपछि सम्बाद हुन सकेको थिए। बुधबारमात्रै देउवा र प्रचण्ड नेपाललाई भेट्न त्रिवि शिक्षण अस्पताल पुगेका थिए।

प्रतिक्रिया