
मैले अर्को जन्म लिएको महसुस गरेँ, इमानदारितापूर्वक काम गर्नुपर्छ : महामन्त्री शर्मा
काठमाडाैं – नेपाली कांग्रेसका महामन्त्री एवम् नवनिर्वाचित सांसद विश्वप्रकाश शर्माले आजदेखि आफ्नो राजनीतिक जन्म भएको बताएका छन् । साथै अब आफूले इमानदारितापूर्वक काम गर्नुपर्ने समेत बताए ।
आज बिहीवार प्रतिनिधि सभा सदस्यको शपथ ग्रहणपछि सङ्घीय संसद् भवनबाहिर सञ्चारकर्मीसँगको कुराकानीमा महामन्त्री शर्माले यस्तो बताएका हुन् । उनले पहिलो पटक सांसदको शपथ लिँदा आफूले नागरिककाे विषयलाई गम्भीरताका साथ लिएको बताए ।
उनले भने, ‘मैले पहिलो पटक सांसदको रूपमा शपथ लिएकाे छु । शपथ लिँदै गर्दा, अक्षरहरू पढ्दै गर्दा लेखिएका अक्षरमा म केन्द्रित थिएँ । जन्मदिनकै सेरोफेरोमा मैले राजनीतिक रूपमा अर्को जन्म भएको महसुस गरेँ । मैले इमानदारितापूर्वक कार्य गर्नुपर्छ ।’
महामन्त्री शर्माले शपथ लिँदा गौरव गरेजति नै गम्भीरता पनि लिएको बताए ।



कागजपत्र |
