
कोभिडको नयाँ स्वरुपको जोखिम बढ्यो, मास्क लगाउन र भौतिक दूरी अनिवार्य कायम राखाैं: मन्त्रालय
काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ जोखिम बढ्दै गएकोले मास्कको प्रयोग र भौतिक दूरीको कायम गर्नका लागि अनुरोध गरेको छ ।
मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी रुपमा केही देशहरुमा संक्रमणका नयाँ स्वरुपका जोखिम बढेको जनाउँदै कोरोना संक्रमणका नयाँ भेरियन्ट पुष्टी हुँदै फैलिएकोले नेपालमा पनि ध्यान पुर्याउन आग्रह गरेको छ ।
मन्त्रालयले पछिल्लो १ महिनामा विभिन्न स्थानबाट संकलितनमूनाबाट ४८ जनाको नतिजामा सबैमा ओमिक्रोन भेरियन्ट पुष्टी भएको पनि जनाएको छ ।
साथै मन्त्रालयले सम्पूर्ण प्रवेश विन्दुका हेल्थ डेक्सहरुले तथा स्वास्थ्य संस्थाहरुले आवश्यक स्क्रिनिङ, निगरानी र सतर्कता अपनाउनसमेत आग्रह गरेको छ ।




कागजपत्र |
