नेपालमा थपिए १ संक्रमित, सक्रिय संक्रमित १५ जना


काठमाडौं – गत २४ घन्टामा नेपालमा १ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ११९० नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।

मन्त्रालयका अनुसार उक्त अवधिमा ४ जनाले कोरोनाविरुद्ध जित हात पारेका थिए । यससँगै नेपालमा अहिलेको अवस्थामा १५ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

No photo description available.

प्रतिक्रिया