

शपथ खान अस्पतालबाटै बानेश्वर जाँदै माधव नेपाल !

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अस्पतालबाटै सपथका लागि जाने भएका छन् ।
स्वास्थ्यमा समस्या भए पछि टिचिङ अस्पतालमा भर्ना भएका नेपाल आज दिउँसो १ बजे हुने प्रतिनिधिसभा सदस्यको शपथ लिनका लागि संसद भवन बानेश्वर जाने जनाइएको छ ।
चिकित्सकको सल्लाहअनुसार नेपाल अस्पतालबाटै सपथग्रहणस्थल पुगेर पुनः अस्पतालमै फर्कने जनाइएको छ ।
मंसिर ४ मा सम्पन्न निर्वाचनबाट निर्वाचित भएका प्रत्यक्ष र समानुपातिक गरी २७४ जना सांसदलाई ज्येष्ठ सांसद पशुपति शम्शेर राणाले सपथ खुवाउने भएका छन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ खुवाइसकेकी छिन् ।

