

धोबीखोला करिडोर क्षेत्रमा महानगरको डोजर…

काठमाडौं — काठमाडौं महानगरपालिकाले मदनभण्डारी देवी नगर क्षेत्रमा अतिक्रमित जग्गामा बनेका संरचनाहरु भत्काउन डोजर प्रयोग गरेको छ ।
महानगरको सरकारी अतिक्रमित जग्गा बचाउ अभियानअनुरुप धोबीखोला करिडोरअन्तर्गतका घर टहरा भत्काउन सुरू गरेको हो ।
भत्काउने क्रममा महानगर नगरप्रहरी प्रमुख राजु पाण्डेका साथै बागमती प्रदेश सभा सदस्य दीपेन्द्र श्रेष्ठको उपस्थिति रहेको छ ।

