अस्पतालकै शैय्याबाट मत दिँदै सांसद राई…


काठमाडौं – कांग्रेस दलको नेता चयनका लागि भइरहेको मतदान अहिले पनि जारी छ । निर्धारित समय १० बजेसम्म रहे पनि करिब ४५ मिनेट ढिला गरी मतदान सुरु भएको थियो ।

कांग्रेसका ८९ मध्ये एक जना सांसद माया राई सुत्केरी भएर अस्पतालमा रहेका कारणले उनको मत लिन निर्वाचन समिति नै अस्पताल जान लागेको समितिका सदस्य प्रकाश स्नेहीले जानकारी दिए ।

राई भोजपुरबाट समानुपातिक सांसद हुन् । उनी अहिले ओम अस्पतालमा भर्ना भएको हुनाले सोही ठाउँमा पुगेर मत संकलन गर्ने तयारी समितिले गरेको हो ।

प्रतिक्रिया