कोरोनाबाट पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु, १५७ जनामा संक्रमण


काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २०२५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ७४५ पुगेको मन्त्रालयले जनाएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३३३ रहेको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ६५ हजार ६९८ पुगेको छ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार २२ रहेको छ । अहिलेसम्म नेपालमा २० लाख ६४ हजार ८१ वटा पीसीआर नमूना परीक्षण भएका छन् । नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या १११ रहेको छ ।

प्रतिक्रिया