३२ वर्ष कान्छा युवासँग स्पर्धामा देउवा


काठमाडौं — कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा सिधा स्पर्धामा उत्रिएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा ७८ वर्षीय देउवा र ४६ वर्षीय थापाले मंगलबार सँगै उम्मेदवारी दर्ता गराएका छन् । बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म मतदान हुँदै छ ।

लामो समयदेखि नेतृत्व परिवर्तनको आवाज उठाउँदै आएका वरिष्ठ नेता रामचन्द्र पौडेल मुद्दा विसर्जन गर्दै देउवाकै प्रस्तावक बसेका छन् । पौडेलको प्रस्तावमा पूर्णबहादुर खड्का समर्थक छन् । उता गगन थापाको प्रस्तावकमा शेखर कोइराला छन् भने युवा नेताहरू धनराज गुरुङ, विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले समर्थन गरेका छन् ।

०५१ सालमै तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले युवा नेता देउवालाई संसदीय दलको नेतामा अघि सारेका थिए । दलको नेता भएकै कारण उनी ४९ वर्षको उमेरमै देशको प्रधानमन्त्री बनेका थिए । त्यसयता पाँच पटक प्रधानमन्त्री भइसकेका देउवा उमेरले ८० नजिक पुग्दा पनि छोरा पुस्ताका युवा नेतासँग प्रतिस्पर्धामा उत्रिएका छन्  भन्दै कान्तिपुरले समाचार प्रकाशित गरेको छ ।

प्रतिक्रिया