

नौसेनाको जहाज डुबेको दुई दिनपछि थाई नाविकको उद्धार

काठमाडौं – थाई नौसेनाले सैन्य जहाज डुबेको झण्डै दुई दिनपछि मङ्गलबार एक जना नाविकको उद्धार गरेको छ । सो दुर्घटनामा पारेका २९ जना अझै समुद्रमा बेपत्ता छन् ।
नौसेना कमाण्डर पिचाई लोर्चुसाकुलले भनेका छन्, ‘हामीले आज दिउँसो एक जनालाई भेट्टायौं’ । उनले ती व्यक्तिको स्वास्थ्य स्थिति सामान्य रहेको पनि बताएका छन् ।

