
गगनविरूद्ध उम्मेदवारी दिँदै देउवा, को-को छन् त देउवाको प्रस्तावक र समर्थक ?
काठमाडौं – नेपाली कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवाका प्रस्तावक र समर्थक तय भएका छन् ।
सभापति देउवालाई संसदीय दलको नतामा वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रस्ताव गरेका छन् । समर्थकमा उपसभापति पूर्णबहादुर खड्का बसेका छन् ।
मनोनयनपत्रमा उनीहरूको हस्ताक्षर भएको छ । अब केही बेरमा देउवाको उमेदवारी दर्ता गर्ने तयारी भइरहेको बताइएको छ ।
संसदीय दल नेताका लागि संस्थापन इतरबाट महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिने निश्चित भइसकेको छ । थापाको प्रस्तावकमा डा. शेखर कोइराला रहेका छन् भने समर्थकमा धनराज गुरूङ र विश्वप्रकाश शर्मा रहेका छन् । साथै युवा नेता प्रदीप पाैडेल पनि थापाको पक्षमा लागेका छन् ।



कागजपत्र |
