संसदीय दल नेतामा गगनको प्रस्तावकमा शेखर, समर्थकमा धनराज र विश्वप्रकाश


काठमाडौं – नेपाली कांग्रेसको संसदीय दलको नेतामा प्रधानमन्त्री एवं सभापति देउवाविरूद्ध इतर समूहबाट महामन्त्री गगन थापाले उम्मेदवारी दिने भएका छन्।

थापाको प्रस्तावकमा शेखर कोइराला तथा समर्थकमा धनराज गुरूङ र विश्वप्रकाश शर्मा रहेका छन्।

संस्थापनइतर समूहबाट यसअघि नेता कोइराला र थापा संसदीय दल नेताका लागि उम्मेदवार हुन खोजेका थिए। समूहबाट एक जना मात्रै उम्मेदवार बनाउन केही दिनदेखि संस्थापनइतर समूहको भेला हुँदै आएका थिए।

प्रतिक्रिया