नवनिर्वाचित सांसदहरूको शपथ ७ पुस गते


काठमाडौं – संघीय संसद सचिवालयले प्रतिनिसभा र प्रदेशसभा सदस्यमा नवनिर्वाचित सांसदहरुको शपथ ग्रहण कार्यक्रम ७ पुसमा राखेको छ ।

संसद सचिवालयको बैठकले मंसिर ४ गते सम्पन्न आम निर्वाचनको प्रत्यक्ष र समानुपतिक सांसदमा निर्वाचित साँसदहरुलाई ७ पुसको दिउँसो १ बजे शपथ ग्रहण आयोजना गर्ने निर्णय गरेको हो ।

सांसदहरुले प्रतिनिधिसभाका ज्येष्ठ सदस्यबाट शपथ लिनेछन् । त्यसअघि ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट शपथ लिनेछन् ।

निर्वाचन आयायेगले संसद सचिवालयलाई निर्वाचित सांसदहरुको उमेर (जन्ममिति) समेतको विवरण उपलब्ध गराएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको सांसदहरुको विवरणलाई मात्रै आधार नमानेर संसद सचिवालयले सम्भावित ज्येष्ठ सदस्यहरुको नागरिकता नै मगाएर अध्ययन गरिरहेको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डे बताउँछन् ।

सांसदहरुको शपथ भने नयाँ वानेश्नर स्थित संसद भवनमै हुनेछ । शपथ लिएपछि सांसदहरुले सांसद भएवापत प्राप्त गर्ने सेवा सुविधा पाउनेछन् ।

निर्वाचन आयोगले राष्ट्रपति समक्ष गत बिहिबार निर्वाचनको प्रतिबेदन पेस गरेपछि राष्ट्रपति विद्या देवि भण्डारीले आगामी १० गते भित्र प्रधानमन्त्री दावी गर्न आह्वान गरका हुन् ।

May be an image of text

प्रतिक्रिया