

एकीकृत समाजवादी संसदीय दल नेतामा नेपाल, उपनेतामा पाण्डे चयन

काठमाडौं– नेकपा एकिकृत समाजवादीको संसदीय दलको नेतामा पार्टी अध्यक्ष माधव कुमार नेपाल चयन भएका छन् ।
नेता नेपाललाई पार्टी उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य राजेन्द्रप्रसाद पाण्डेको प्रस्तावमा संसदीय दलको नेतामा चयन गरिएको हो ।
एकीकृत समाजवादीको सोमबार बसेको संसदीय दलको बैकले नेपाललाई नेता चयन गर्ने निर्णय गरेको हो।
बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै पार्टीका महासचिव बेदुराम भुसालले दलको नेता माधव कुमार नेपालको प्रस्तावमा दलको उपनेतामा राजेन्द्र पाण्डेलाई चयन गरेको जानकारी दिए।
बैठकले सरकारमा जाने निर्णय नगरेको भए पनि आइतबार बसेको बैठकले गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको भुसालले जानकारी दिए। गठबन्धकै नेतृत्वमा सरकारमा सहभागी रहने भुसालले दाबी गरे।

