यस्तो छ कांग्रेस संसदीय दलको नेताका लागि निर्वाचन तालिका (तालिकासहित)


काठमाडौं – नेपाली कांग्रेसको संसदीय दलको नेता एवं संसदीय दल कार्यसमितिको निर्वाचन बुधबार बिहान हुने भएको छ ।

कांग्रेस संसदीय दलको निर्वाचन सम्पन्न गर्न गठित निर्वाचन समितिले बुधबारका लागि मिति तोकेको हो । आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय दलको निर्वाचनका लागि सहमहामन्त्री भीष्मराज आङ्दम्बेको नेतृत्वमा ती सदस्यीय निर्वाचन समिति गठन गरेको थियो ।

संयोजक आङ्दम्बेसहित केन्द्रीय सदस्य पुष्पा भुसाल र प्रकाश रसाइली (स्नेही) सदस्य रहेको निर्वाचन समितिले बुधबार बिहान ८ बजेदेखि  १० बजेसम्म संसदीय दलको निर्वाचन गराउने भएको हो ।

त्यसका लागि भोली अर्थात् मंगलबार बिहान ८ बजेदेखि १० बजेसम्म उम्मेदवारी दर्ता गर्ने तालिका तोकिएको छ ।

तालिकाः

No photo description available.

प्रतिक्रिया