देशैभर चिसो बढ्यो, तराईमा हुस्सु, हिमालमा हिमपात


काठमाडौं – आज पनि देशका केही भागमा मौसम बदली हुने भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव नेपालमा परेको छ । जसले गर्दा नेपालको तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

आज दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य  बदली हुनेछ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागको एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

मंगलबार पनि देशको पहाडी भू(भागमा हल्का वर्षा र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । बुधबार भने प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक  बदली भए पनि वर्षा र हिमपातको सम्भावना कम रहेको छ ।

प्रतिक्रिया