

रोजगारीका लागि सन् २०२२ मा तीन लाखभन्दा बढी श्रीलंकालीहरू विदेशिए

कोलम्बो – सन् २०२२ मा तीन लाखभन्दा बढी श्रीलंकालीहरूले रोजगारीका विदेशिएका छन् ।
अन्तराष्ट्रिय आप्रवासी दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै श्रीलंकाका श्रम तथा वैदेशिक रोजगार मन्री, मानुषा नानायकाराले श्रीलंकाको स्वतन्त्रतापछिको इतिहासमा एक वर्ष भित्रमा वैदेशिक रोजगारीमा जानेको यो सङ्ख्या सर्वाधिक हो ।
वैदेशिक रोजगारीमा जानेहरूले पठाएको विप्रेषणले श्रीलंकालाई वर्तमान आर्थिक संकटबाट पार लगाउन मद्दत पुग्ने मन्त्री मानुऋको धारणा छ। नोभेम्बर २०२२ मा श्रीलंकाका विदेशी कामदारहरूले विदेशमा पठाएको रेमिट्यान्स बढेर ३८४.४ मिलियन अमेरिकी डलर पुगेको बताइएको छ।
पछिल्ला केही महिनामा यो संख्या निरन्तर बढ्दै गएको र वर्षको पहिलो ११ महिनामा कुल रेमिट्यान्स ३ अर्ब ३० करोड डलरभन्दा बढी रहेको मन्त्रीले बताएका छन् ।

