सर्वोच्चलाई महासचिव गौतमको जवाफ : कार्यकाल सकिएपछि महाअभियोग निष्क्रिय हुन्छ


काठमाडौं – संघीय संसदका महासचिव भरतराज गौतमले सर्वोच्च अदालतको संवैधानिक इजलासमा लिखित जवाफ पठाएका छन् ।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाअभियोग प्रस्ताव निस्प्रभावी भएको भन्दै पत्र दिएपछि विवादमा परेका गौतमसँग सर्वोच्च अदालतको पूर्ण बैठक र संवैधानिक इजलासले उक्त पत्र दिनुको कारणबारे जवाफ माग गरेका थिए ।

महासचिव गौतमले आज (आइतबार) संवैधानिक इजलासमा लिखित जवाफ पठाउँदै गौतमले प्रतिनिधिसभाको कार्यकाल सकिएपछि उक्त प्रतिनिधिसभाको अन्य बिजनेससँगै महाअभियोग प्रस्ताव पनि निष्क्रिय हुने दावी गरेका छन् ।

स्रोतका अनुसार उनले विधेयक निष्क्रिय हुने प्रावधानले प्रतिनिधिसभाका अरु बिजनेस र प्रस्ताव पनि अर्को प्रतिनिधिसभा नजाने जिकिर गरेका छन् ।

उनले प्राकृतिक न्यायको सिद्धान्त अनुसार अभियोग लागेको व्यक्तिलाई अभियोगको अवस्था के छ भन्नेबारे जानकारी दिनु आफ्नो दायित्व भएको समेत पत्रमा उल्लेख गरेको संघीय संसद सचिवालय स्रोतले जनाएको छ ।

प्रतिक्रिया