
आँबुखैरेनीमा सडक भासियो, मुग्लिङ–पोखरा खण्ड यातायात अवरुद्ध
तनहुँ – तनहुँको आँबुखैरेनी-२ को खानिखोलामा सडक भासिएको छ। बिहान करिब साढे १० बजेतिर सडक भासिएपछि मुग्लिङ-पोखरा सडक अवरूद्ध भएको हो ।
सडक चौडा पार्ने काम भइरहेको उक्त खण्डमा सडक चौडा गर्ने क्रममा पुलनजिकै सडक भासिएको हो। जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काका अनुसार सडक डाइभर्सन बनाउन खोज्दा सडक भासिएको हो।
‘सडकमा ठूलो खाल्डो परेको छ। पृथ्वीराजमार्ग अवरूद्ध छ,’ उनले भने, ‘खुलाउने प्रयास भइरहेको छ, अहिले स–साना गाडीहरू पास भइरहेका छन्।’
खाल्डोमा माटो राखेर पुरेर सडक पुनः सञ्चालनमा ल्याइने उनले बताए। अहिले हलुका सवारी साधनहरु एकतर्फी रुपमा आवतजावत गरिरहेका छन् ।



कागजपत्र |
