
कतार विश्वकपः आज तेस्रो स्थानका लागि क्रोएशिया र मोरक्को भिड्दै
काठमाडौं – कतार विश्वकप फुटबलमा तेस्रो स्थानका लागि क्रोएसिया र मोरक्कोबीचको खेल हुँदैछ। तेस्रो स्थानका लागि प्ले अफमा शनिबार राति ८:४५ बजे दुई देशबीचको खेल हुन लागेको हो।
प्रतियोगिताको फाइनल अघि नै तेस्रो स्थानमा पुग्ने टिमको टुंगो लाग्नेछ। विश्वकफ फुटबलको फाइनलमा सोमबार अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुँदैछ।
क्रोएसिया साविक विजेता हो भने मोरक्को पहिलो पटक सेमिफाइनल पुगेर फ्रान्ससँग पराजित भएको टिम हो। दुवै टोली जितको लक्ष्यका साथ मैदानमा उत्रने तयारीमा छन्। मोरक्को फ्रान्ससँग २–० ले पराजित भएको हो भने क्रोएसिया अर्जेन्टिनासँग ३–० ले पराजित हुँदै तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्न पुगेको हो।
समूह चरणमा भएको क्रोएसिया र मोरक्कोबीचको खेल गोलरहित बराबरीमा सकिएको थियो। आइतबार राति अर्जेन्टिना र फ्रान्सबीच फाइनल खेल भएसँगै कतार विश्वकप पूरा हुनेछ।



कागजपत्र |
