बुद्ध एयरलाइन्सको काठमाडौं-सुर्खेत उडान सुरू


काठमाडौं – बुद्ध एयरलाइन्सले काठमाडौं–सुर्खेत उडान सुरु गरेको छ ।

एयरलाइन्सले शुक्रबार (आज) एटीआर-७२ कलसाइनको बिमान काठमाडौंबाट सुर्खेत उडान गर्दै उडान सुरुवात गरेको हो ।

सिधा काठमाडौं–सुर्खेत उडान हुने भएपछि कर्णाली प्रदेशको यात्रुलाई थप सहज हुने कम्पनीले उल्लेख गरेको छ ।

साथै, पर्यटन प्रबर्द्धनमा पनि सहयोग पुग्ने आशा गरेका कम्पनीले जनाएको छ ।

प्रतिक्रिया