

दैलेखमा लडेर एक पुरुषको मृत्यु

दैलेख – जन्तीघरबाट आफ्नो घर फर्किने क्रममा दैलेखमा लडेर एक पुरुषको मृत्यु भएको छ। बिहीबार बिहान नौ बजेको सयमा ती पुरुषको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतक व्यक्ति महाबु गाउँपालिका–३ बासीका ५७ वर्षीया राजबहादुर शाही रहेका छन्।
प्रहरीका अनुसार बुधबार राति महाबु गाउँपालिका–३ बासी गाउँमा भएको विवाहबाट घरतर्फ फर्कने क्रममा सोही पालिका भित्रै पर्ने सडकबाट १५ मिटर तल खसेर मृत फेला परेका हुन्।

