

राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मनोज प्रभाकरले दिए पदबाट राजीनामा

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएका छन् ।
भारतीय पूर्व क्रिकेटर प्रभाकरले भोली डिसेम्बर १५ (मंसिर २९) देखि लागू हुने गरी राजीनामा दिएको र स्वीकृत भइसकेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
उनी चार महिनाअघि नेपालको राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक नियुक्त भएका थिए । लगातारको खराव नतिजा, खेलाडीसँग बिग्रिँदो सम्बन्ध र प्रशिक्षण शैलीमा प्रश्न उठेपछि प्रभाकरसँगको सम्झौता टुंग्यायने पक्षमा क्यान आफैं पुगेको थियो ।

