कति भयाे सोविता गौतमकाे चुनाव खर्च ?


काठमाडौं – काठमाडौं-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमले मंसिर ४ मा सम्पन्न निर्वाचनमा गरेको खर्चको विवरण बुझाएकी छन् ।

उनले आज (बिहिबार) जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा निर्वाचनको समयमा विभिन्न शिर्षकमा ३ लाख ७१ हजार रुपैयाँ खर्चभएको विवरण बुझाएकी हुन् । उनले बुझाएको विवरणमा सबैभन्दा धेरै खर्च गोष्ठी र कार्यकर्ता परिचालनमा ८० हजार ९९५ रुपैयाँ भएको उल्लेख छ ।

१३ दिनसम्म गाडी रिजर्ब गर्दा ७८ हजार, पेट्रोल/डिजल खरिदमा ६२ हजार ५०५, घोषणापत्र र नमुना मतपत्र छपाइमा ४६ हजार ५०० रुपैयाँ खर्च भएको उनले बुझाएको विवरणमा उल्लेख छ ।

काठमाडौं-२ मा उनले नेकपा एमालेका मणिराम फुयाल र नेकपा माओवादी केन्द्रकी ओनसरी घर्तीलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन् ।

प्रतिक्रिया