रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्चमा रिट


काठमाडौं – चितवन क्षेत्र नं. २ बाट निर्वाचित रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

उक्त मुद्दाको किनारा नलाग्दासम्म लामिछानेलाई प्रतिनिधिसभा प्रवेशमा पनि रोक लगाउन रिटमा माग गरिएको छ । लामिछानेको नागरिकता विवादको विषयलाई लिएर रिट परेको हो ।

युवराज पौडेल (सफल) ले निर्वाचन आयोगसहित ५ जनालाई विपक्षी बनाउँदै सर्वोच्चमा रिट दायर गरेका हुन् ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार रिटमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने पार्टी सभापतिबाट समेत हटाउन माग गरिएको छ । यो रिटमाथि सुनुवाइका लागि पुस ६ गते संवैधानिक इजलासमा पेसी तोकिएको पौडेलले जानकारी दिए ।

प्रतिक्रिया