लैनचौरको जग्गा ३५ दिनभित्र खाली गर्न स्काउटको निर्देशन


काठमाडौं – नेपाल स्काउटले लौनचौरस्थित ३ रोपनी जग्गा र पार्किङस्थल खाली गर्न निर्देशन दिएको छ।

यो जग्गा खड्का डेभलपमेन्ट प्रालिले सम्झौताविपरीत भोगचलन गर्दै आएको जनाउँदै स्काउटले एक सूचना प्रकाशित गर्दै ३५ दिनभित्र खाली गर्न निर्देशन दिएको हो ।

‘मुलुकी देवानी संहिता २०७४ को परिच्छेद १२ दफा ६१९ बमोजिम ३५ दिनभित्र स्थान खाली गरी, बाँकी रहेको हरहिसाबसमेत हरफार गरी, नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयमा जानकारी गराउन खड्का लैण्ड डेभलपमेन्ट प्रालि बूढानिलकण्ठको नाममा यो सूचना जारी गरिएको छ’ आज गोरखापत्रमा स्काउटले निकालेको सूचनामा भनिएको छ।

लौनचौरस्थित खानी विभागसँग जोडिएको ३ रोपनी जग्गा तथा पार्किङस्थल खाली गर्नुपर्ने पनि स्काउटको भनाइ छ। २०७९ असार १३ को उच्च अदालत पाटनको फैसाका आधारमा खड्का लैण्ड प्रालिले उक्त जग्गा खाली गर्नुपर्ने पनि नेपाल स्काउटको भनाइ छ।

खड्का प्रालिले २०६५ सालमा सम्झौता गरी १० वर्ष जग्गा भोगचलन गरेको थियो। २०७५ सालदेखि सम्झौता मिति सकिएको थियो।

प्रतिक्रिया