पुष्पा आत्मदाह प्रकरण : इन्गेजमेन्ट तोडेका सुधनविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा


काठमाडौँ – इन्गेजमेन्ट तोडिएपछि धुम्बाराहीमा आत्मदाह गरेकी पुष्पा न्यौपानेको घटनामा इन्गेजमेन्ट तोड्ने सुधन संग्रौलाविरुद्ध प्रहरीले आत्महत्या दुरुत्साहनमा मुद्दा अगाडी बढाएको छ।

मङ्सिर १९ गते साँझ सुधनको घर नजिकै पुगेर पुष्पाले आफैँलाई पेट्रोल छर्किएर आगो लगाएकी थिइन्। उनको भोलिपल्ट कीर्तिपुर वर्न अस्पतालमा मृत्यु भएको थियो।

मुलुकी अपराध संहिता अनुसार आत्महत्या दुरुत्साहनको कसुरमा ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ। सुधनलाई यही सजाय माग गर्ने गरी प्रहरीले अनुसन्धान अगाडि बढाएको छ।

घटना भएकै दिन सुधनसहित उनका दाजु र बाबुआमालाई पनि प्रहरीले पक्राउ गरेको थिए। तर अदालतले सुधनलाई मात्रै आत्महत्या दुरुत्साहनमा मुद्दा चलाउन अनुमति दिएको दिएको छ।

सुधन र पुष्पाले गत भदौ १८ गते इन्गेजमेन्ट गरेका थिए। तर इन्गेजमेन्टपछि उनीहरूको सम्बन्ध बिग्रिएको थियो।

प्रतिक्रिया