नयाँ सरकारमा गठबन्धनका साथ सरकारमा जाने लोसपाको निर्णय


काठमाडौं — लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि पाँच दलीय सत्ता गठबन्धन नेतृत्वको आगामी सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

सत्ता गठबन्धनमा चुनावी तालमेलका कारण नयाँ बन्ने सरकारलाई लोसपाको समर्थन रहने र सरकारमा पनि सहभागी हुने शीर्ष नेताहरुले निर्णय गरेका हुन् ।

वरिष्ठ नेता शरतसिंह भण्डारीले भने, ‘हामी पनि गठबन्धनको एक पार्ट हौं, त्यसले सरकारलाई समर्थन मात्र होइन, त्यसमा सहभागी नै हुने हो ।

अब बस्ने कार्यकारिणी समितिको बैठकले त्यसको आधिकारिक निर्णय गर्ने उनले बताए ।

चुनावी समीक्षा पनि भएको छैन, चाँडै नै बैठक बसेर चुनावी समीक्षालगायत संगठनका बारेमा अन्य निर्णयहरु गरिने बताउँदै उनले निर्वाचन आयोगले चुनावको नतिजा सार्वजनिक भएपछि लोसपाको बैठक बस्ने बताए ।

पार्टीका अर्का वरिष्ठ नेता राजेन्द्र महतो उपत्यका बाहिर रहेको कारणले पनि कार्यकारिणी समितिको बैठकमा ढिलाइ भइरहेको छ ।

प्रतिक्रिया