राष्ट्र बैङ्कले १३ अर्बको ट्रेजरी बिक्री गर्दै


काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले मंसिर २७ गते १३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल्स बिक्री गर्ने भएको छ । बैङ्कले २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका कुल १३ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो ।

आगामी मङ्गलवार जारी हुने ट्रेजरीको भोलि सोमबार दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैङ्कले जनाएको छ ।

इच्छुक खरिदकर्ताले तोकिएको समयभित्र अनलाइन आवेदन दिन सक्नेछन् । यसअघि राष्ट्र बैङ्कले मंसिर १९ गते ९ अर्ब ९३ करोड रुपैयाँको ट्रेजरी जारी गरेको थियो ।

प्रतिक्रिया