देशभर थप २ मा कोरोना पुष्टी, सक्रिय संक्रमित ३० मा झरे


काठमाडौं – देशभर थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा देशभरबाट १३०५ नमूना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ५५६ र एन्टिजेनबाट ७४९ नमूनाको परीक्षण गर्दा पीसीआरबाट २ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

मन्त्रालयका अनुसार थप १३ जना कोरोनामुक्त भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ३० पुगेको छ ।

प्रतिक्रिया