तीनै तहका सरकारले आ-आफ्नो दायित्व पूरा गर्नुपर्छः अध्यक्ष नेपाल 


काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले नेपालका तीनै तहका सरकारले आ–आफ्नो दायित्व पूरा गर्नुपर्ने बताएका छन् ।

आइतबार राजधानीमा आयोजित गाउँपालिका राष्ट्रिय महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनमा बोल्दै नेता नेपालले कसैलाई दोष नदिई कमीकमजोरी सच्याएर अघि बढ्न सरकारलाई सुझाव समेत दिएका हुन् ।

उक्त अवसरमा नेता नेपालले तीनवटै तहको सरकार मिलेर अघि बढे संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले पनि समाप्त पार्न नसक्ने स्पष्ट पारेका छन्।

अध्यक्ष नेपालले मुलुकमा कायापलट ल्याउन तीनवटै तहका सरकारले आ–आफ्ना दायित्व पूरा गर्नुपर्ने स्मरण गराए। उनले भने, ‘सरकारले आफूलाई समीक्षा गर्दै अघि बढ्नु पर्छ। एकले अर्कालाई दोष दिएर मुलुकअघि बढ्न सक्दैन। गणतन्त्रलाई कसैले पनि समाप्त पार्न सक्दैन। संघीयतालाई कसैले पनि समाप्त पार्न सक्दैन। त्यो स्पष्ट छ।’

अध्यक्ष नेपालले संविधानप्रदत्त अधिकारहरु जनताले उपयोग गर्न पाउने गरी काम गर्न पनि स्थानीय तहका जनप्रतिनिधिले सवल ढंगले काम गर्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया