
कतार विश्वकपः आज क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदै
पोर्चुगलले मोरक्कोको सामना गर्दा इङ्ल्याण्ड र फ्रान्स भिड्ने
काठमाडौं — कतारमा जारी फिफा विश्वकप फुटबलमा आज शनिबार क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदैछन् ।
शनिबार हुने पहिलो खेल तथा तेस्रो क्वाटरफाइनलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ ।
अल थुमामा स्टेडियममा हुने मोरक्को र पोर्चुगलबीचको खेल राति ८ः४५ बजे सुरु हुनेछ ।
आज दुबै टोली जित निकाल्दै सेमिफाइनल पुग्ने योजनामा रहेका छन् ।
मोरक्कोले राउण्ड अफ १६ मा स्पेनलाई पेनाल्टी सुटआउटमा हराएको थियो ।
पोर्चुगलले स्विट्जरल्यान्डलाई हराएको थियो ।
यस्तै अन्तिम क्वाटरफाइनलमा फ्रान्स र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।
अल बायत स्टेडियममा हुने फ्रान्स र इंग्ल्यान्डबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।
साविक विजेता फ्रान्स र इंग्ल्यान्ड आज जित निकाल्दै अन्तिम चारमा पुग्ने योजनाका रहेका छन् ।
फ्रान्सले राउण्ड अफ १६ मा पोल्याण्डलाई हराएको थियो ।
यस्तै इंग्ल्यान्डले सेनेगललाई हराएको थियो ।



कागजपत्र |
