

चार युवतीले गरे पुरुषमाथि सामूहिक बलात्कार

काठमाडौं – भारतको जालन्धरमा चार जना युवतीले एक पुरुषमाथि सामूहिक बलात्कार गरेका छन् । पुरुषका अनुसार युवतीहरुले ती पुरुषलाई ठेगाना सोध्ने बहानामा रोकेर कारमा सामूहिक बलात्कार गरेका हुन् ।
ती मानिसको अनुहारमा स्प्रे छर्केर पिट्दै गाडीमा राखेर जबरजस्ती मदिरा खुवाएर नशाको हालतमा युवतीहरुले बलात्कार गरेका थिए । आरोपी युवतीहरु २० देखि ३० वर्षका हुन् ।
पीडित एक छाला कम्पनीका मजदूर हुन् । उनी बच्चाबच्चीका पिता हुन् । उनकी पत्नीले भनेपछि पुलिसमा कुनै उजुरी परेको थिएन । तर सामाजिक संजालमा यो खबर भाइरल भएको थियो । भारतको कानूनअनुसार यो घटना कुनै बलात्कारको घटना हैन ।
भारतीय अदालतले तेस्रो लिंगी र पुरुषलाई बचाउन पनि कानूनमा सुधार गर्नुपर्ने आवश्यकता औंल्याएको छ । भारतमा थुप्रै यस्ता घटना हुँदै आए पनि कानूनी अभावमा घटना दर्तासमेत हुने गरेका छैनन् । भारतमा महिलालाई न्याय दिनका लागि कानून बदलिएको थियो । एजेन्सी

