देशैभर बढ्यो चिसो, गण्डकी पूर्व आंशिक बदलीको सम्भावना


काठमाडौं – हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । देशैभर चिसो बढेको छ । तराइमा हुस्सु लाग्न सुरू भइसकेको छ भने हिमाली जिल्लाहरूमा हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकीमा आंशिक बदलीको सम्भावना छ ।  बाँकी  भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति प्रदेश १, मधेश र बागमतीमा आंशिक बदलीको आकलन गरिएको छ । शनिबार देशभर मौसम सामान्यतया सफा रहने सम्भावना छ ।

प्रतिक्रिया