फेवाताल किनारमा सडक महोत्सव


पोखरा – पर्यटकीय सहर पोखरामा अंग्रेजी नयाँ वर्ष सन् २०२३ लाई स्वागत गर्न फेवाताल किनारमा सडक महोत्सवको तयारी गरिएको छ।

फेवाताल किनारको तीन किलोमिटर सडकमा सांस्कृतिक झाँकी, सांस्कृतिक कार्यक्रम विभिन्न खेलकुद गतिविधि गरेर नयाँ वर्षलाई स्वागत गर्ने तयारीमा आयोजक रेस्टुरेन्ट एण्ड वार एशोसियसन (रेवान) का अध्यक्ष नरेश भट्टराईले जानकारी दिए।

मंसिर र पुसमा पर्यटक कम हुने सिजनमा स्वदेशी र विदेशी पर्यटक आकर्षण गर्न रेवान पोखराले गत २४ वर्षदेखि फेवाताल किनारमा सडक महोत्सव गर्दै आएको छ।

पाँच दिनसम्म हुने सडक महोत्सवमा विविध सांस्कृतिक झाँकी र संस्कृतिक कार्यक्रम हेर्दै विभिन्न खानाका परिकार पस्कने व्यवस्था गरिने पनि उनले सुनाए।

प्रतिक्रिया