

महिला लिग फुटबल : एपीएफ र पुलिस भिड्दै

काठमाडौं – राष्ट्रिय महिला लिग फुटबलमा आज (बिहीवार) दुई खेल हुँदैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा स्याङ्जाको वालिङ नगरपालिका र उदयपुरको चौदण्डीगढी नगरपालिका भिड्दै छन् ।
चौदण्डी र वालिङबीचको खेल बिहान ११:३० बजे शुरु हुनेछ । लिगमा वालिङ २ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
पुछारमा रहेको चौदण्डीले अंक जोड्न सकेको छैन । यस्तै दोस्रो खेलमा दुई विभागीय टिम एपीएफ र पुलिस भिड्दै छन् ।
एपीएफ र पुलिसबीचको खेल अपरान्ह २:३० बजे शुरु हुनेछ । एपीएफले ३ खेलमा ९ अंक जोडेको छ ।
एपीएफ शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानको पुलिसले ५ अंक जोडेको छ ।

