निर्माणका क्षेत्रमा रहेका चुनौतीको सामना गर्न जरुरी छ : मन्त्री चौधरी


काठमाडौं – शहरी विकासमन्त्री मेटमणि चौधरीले भौतिक निर्माणका क्षेत्रमा रहेका चुनौतीको सामना गर्न जरुरी रहेको बताएका छन्।

बिहीबार नेपाल निर्माण व्यवसायी महासंघले १५ औं निर्माण दिवसका अवसरमा गरेको प्रभातफेरी कार्यक्रममा उनले सरकार र निजी क्षेत्र मिलेर चुनौती सामना गर्न आवश्यक रहेको बताए ।

‘भौतिक निर्माणका क्षेत्रमा हाम्रा अगाडि चुनौति छन्। गुणस्तरका काम नहुने कुरा, समयमा नसकिने कुरा छन् । यसलाई सम्बोधन गर्न जरुरी छ’, उनले भने, ‘जबसम्म हामी सरकार र निर्माण व्यवसायी दुवै पक्षबीच संयोजन हुन सक्दैन, त्यो वेलासम्म भौतिक निर्माणका ठूला काम सम्पन्न हुन सक्दैन।’

मन्त्री चौधरीले भौतिक निर्माणका काम गुणस्तर नहुने र समयमा नसकिने समस्याले आम जनताले दुःख पाइरहेको भन्दै पैसा उपलब्ध गराउँदा सरकारले ध्यान दिनुपर्ने बताए। उनले निर्माणका काम समयमै र गुणस्तरयुक्त बनाउन निर्देशन दिए। ठेकेदारले काम छोडेर भाग्दा कतिपय अवस्थामा समयमा नै काम सम्पन्न हुन नसकेको भन्दै निर्माण व्यवसायीले यसमा ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ।

प्रतिक्रिया