चीनमा वर्षमानको उपचार सुरु


सेन्जेन – नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं प्रतिनिधिसभाका नवनिर्वाचित सांसद वर्षमान पुनको चीनमा क्वारेन्टिनमा उपचार सुरु गरिएको छ।

पुनको चीनको सेन्जेनस्थित थर्ड पिपुल्स् अस्पतालको क्वारेन्टिनमा उपचार सुरु भएको हो।

पूर्व अर्थ र ऊर्जा मन्त्रीसमेत रहेका पुन लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित छन्। चुनावी धेपेडीका कारण रोग बल्झिएपछि उनी नेपाली चिकित्सकहरुको परामर्शमा शुक्रबार फलोअप उपचारका लागि दुबई, ग्वान्झाओ हुँदै सेन्जेन प्रस्थान गरेका थिए।

पुनमा भएको रोगलाई चिकित्सकीय भाषामा ‘सिग्गलर नाजार टाइप टू सिन्ड्रोम’ भनिन्छ।

पुनकी पत्नी एवम् पूर्वसभामुख ओनसरी घर्तीले स्वास्थ्यमा सामान्य सुधार भएको बताइन्। नेपालबाट जाँदा जण्डिसको मात्रा (बिलरुबिन) २७ रहेकामा अहिले घटेर २४ मा आएको घर्तीले जानकारी दिइन्।

चौथौ लहरको कोरोना महामारीका कारण चीनभर कडा लकडाउन छ।

प्रतिक्रिया