

मोटरसाइकल दुर्घटना हुँदा ५ घाइते, १ को अवस्था गम्भीर

सुनसरी – सुनसरीमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा ५ जना घाइते भएका छन् ।
दुर्घटनामा घाइते भएका सबैलाई उपचारको लागि विराटनगरस्थित लाइफ गार्ड अस्पताल पठाइएको सुनसरी प्रहरीले जनाएको छ ।
घाइतेमध्ये सुनसरीकै बर्जु गाउँपालिका – ५ का ३५ वर्षीय सिताराम पण्डितको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।
बुधबार दिउँसो को ९ प ६१६३ नम्बरको मोटरसाइकल र को १२ प १५५९ नम्बरको मोटरसाइकल आपसमा ठोकिएका हुन् ।

