माधव नेपाल र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता


काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेपालका लागि अमेरिकी राजदूत महामहीम डीनआर थम्पसनबीच भेटवार्ता भएको छ।

अध्यक्ष नेपाललाई भेट्न राजदूत थम्पसन पार्टी केन्द्रीय कार्यालय पुगेका थिए। भेटवार्ताको क्रममा नेपाल–अमेरिका सम्बन्धका विविध विषयमा कुराकानी भएको अध्यक्ष नेपाल सचिवालयले जनाएको छ।

सरकार गठनको बेलामा अध्यक्ष नेपाल र अमेरिकी राजदूतसँगको भेटलाई अर्थपूर्ण रूपमा लिइएको छ।

प्रतिक्रिया