


हुम्ला जाँदै गरेको तारा एयरको जहाजमा चरा ठोक्कियो, जहाज सकुशल अवतरण

हुम्ला – हुम्ला जाँदै गरेको तारा एयरको जहाजमा चरा ठोक्किएको छ।
नेपालगन्जबाट हुम्लाको सिमकोटका लागि उडेको कार्गो जहाजमा चरा ठोक्किएको तारा एयरका कर्मचारीले जनाए ।
ती कर्मचारीका अनुसार जहाजमा अदानचुली गाउँपालिकाको मुने लेकनजिकै चिल ठोक्किएको हो ।
दिउँसो करिब १ बजेतिर जहाजमा चरा ठोक्किँदा जहाजको अगाडिपट्टिको भागमा क्षति भएको छ।
यद्यपि, जहाजमा सवारहरू भने सकुशल सिमकोट विमानस्थल अवतरण गरेको जनाइएको छ । जहाजमा पाइलट, को–पाइलट र एयरहोस्टेजसहित तीनजना रहेका थिए ।

