


झण्डा हल्लाउँदै सर्वोच्च पुग्लान् प्रधानन्यायाधीश चोलेन्द्र ?

काठमाडौं — महाभियोग निष्क्रिय भएको पत्र पाएपछि चोलेन्द्र शमशेर जबरा प्रधानन्यायाधीशको हैसियतमा हाजिर हुन सर्वोच्च अदालत जाने तयारीमा रहेका छन् ।
संसद् सचिवालयका महासचिव डा. भरत गौतमबाट महाभियोग प्रस्ताव निष्क्रिय भएको जानकारीसहितको पत्र पाएपछि चोलेन्द्रले झण्डा हल्लाउँदै सर्वोच्च प्रवेश गर्लान् कि नगर्लान् त्यसको प्रतिक्षा केही बेर गर्नु पर्ने भएको छ ।
यही मंसिर २७ सम्म कार्यकाल रहेका चोलेन्द्रले आफूमाथि लागेको आरोपबाट क्लिनचिट पाएको र भोलि बिदा रहेकाले आजै सर्वोच्चमा हाजिर हुने बताएका थिए ।
चोलेन्द्रविरुद्ध सत्ता गठबन्धनले २०७८ फागुन १ गते महाभियोग प्रस्ताव दर्ता गरेको थियो ।

